नवलपुरमा आफ्नै घरमा मृत अवस्थामा फेला

कावासोती । नवलपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। कावासोती नगरपालिका – १६ हरबासी बस्ने ४४ वर्षीय श्याम बहादुर क्षेत्री ( जिसी ) आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।