
त्यस्तै २०७९ को माघमा वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । २०८० को माघ महिनामा भने वालेटबाट हुने कारोबार रकम बढेर २३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पुगेको छ । अर्थात् एक वर्षको अवधिमा वालेटबाट हुने कारोबार ३९.४६ प्रतिशतले बढेको छ । तथ्याङ्कले ईकमर्सबाट हुने कारोबार पनि बढेको देखाएको छ । माघ २०७९ मा ईकमर्सबाट ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।माघ २०८० मा ईकमर्सबाट ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय इन्टरनेट बैंकिङमार्फत हुने कारोबार कहिले बढ्ने र कहिले घट्ने गरेको देखिएको छ । तर, एक वर्षको अवधिमा भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तुलना गर्ने हो भने भुक्तानीको रकम बढेको देखिन्छ । माघ २०७९ मा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थात् एक वर्षको अवधिमा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार १२.१७ प्रतिशतले बढेको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत हुने कारोबार एक वर्षको अवधिमा ६८.१३ प्रतिशतले बढेको छ । माघ २०७९ मा उक्त माध्यमबाट एक खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने दुई खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्कले कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको छ । माघ २०७९ मा कनेक्ट आईपीएसबाट तीन खर्ब २८ अर्ब तीन करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । माघ २०८० मा यस माध्यमबाट हुने कारोबार रकम चार खर्ब ५२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसरी एक वर्षको अवधिमा कनेक्ट आईपीएस मार्फत हुने भुक्तानी ३८ प्रतिशतले बढेको हाे ।